भारतका उपराष्ट्रपति जगदीप धनखरले दिए राजीनामा

12 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ६ गते ।  भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिँदै उपराष्ट्रपतिको पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा उनले चिकित्सकको सल्लाहअनुसार तत्काल प्रभावबाट पदत्याग गर्ने निर्णय लिएको उल्लेख गरेका छन्। सन् २०२२ मा उपराष्ट्रपति बनेका धनखरको कार्यकाल सन् २०२५ सम्मको थियो।

धनखरले आफ्नो कार्यकालमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री परिषद्को सहयोगप्रति आभार व्यक्त गरेका छन्। सचिवालयका अनुसार, अब रिक्त रहेको उपराष्ट्रपतिको पद पूर्तिका लागि नयाँ निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ। संसदीय अभ्यास र संविधानप्रति निष्ठा राख्दै उनले आफ्नो कार्यकालमा देखाएको योगदानलाई धेरैले प्रेरणादायक र प्रभावशाली बताएका छन्।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?