दरभंगा विमानस्थलमा ९ घण्टाको पर्खाइपछि दिल्ली जाने फ्लाइट रद्द, यात्रु आक्रोशित
14 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ४ गते । दरभंगा विमानस्थलमा दिल्ली उड्न लागेका स्पाइसजेटको फ्लाइट SG 447 का यात्रु ९ घण्टासम्म पर्खंदा पनि अन्ततः उडान रद्द भएपछि आक्रोशित बने। बिहान ११:४० बजे उडान तय गरिएको विमान साँझसम्म पनि उड्न सकेन। कम्पनीले पटक–पटक आश्वासन दिँदै ढिलो गर्यो, तर अन्ततः कुनै स्पष्ट सूचना बिना उडान रद्द गरियो। क्रोधित यात्रुहरूले विमानस्थलमै विरोध जनाए, कम्पनीमाथि झूठ बोल्दै यात्रुलाई झुक्याएको र न त होटलको व्यवस्था गरिएको न त वैकल्पिक यातायातको सुविधा दिएको आरोप लगाए।
एक महिला यात्रुले भनिन्– "म मधुबनीबाट बिहानै आएका थियौं, न खाना पायौं न सहयोग। मात्र नूडल्स दिएर पठाइयो।" अर्का यात्रु, जो दिल्लीमा उपचारका लागि गइरहेका थिए, उनले भने– "हामी बिरामीको अवस्थामा पनि यत्तिको हैरानी भोग्न बाध्य भयौं।" विमानस्थल सहरभन्दा टाढा भएको र कुनै सहायता वा सुरक्षा सहज उपलब्ध नभएको यात्रुहरूको गुनासो छ। स्पाइसजेटको यस्तो गैरजिम्मेवार व्यवहारप्रति धेरैले गम्भीर प्रश्न उठाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments