सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी, व्यवस्थापनमा गम्भीर चुनौती
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ४ गते । सिरहा जिल्ला कारागारमा एक सय ५० जनाको क्षमता भए पनि हाल चार सय ५८ जना कैदीबन्दी राखिएकाले व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। अत्यधिक भीड र गर्मीका कारण कैदीहरू सुत्नसमेत पालो मिलाएर बस्न बाध्य छन्। कैदीबन्दीको चापसँगै अवैध गतिविधिको आशंका बढेपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीले कारागारमा पुगेर अनुगमन गरेको छ। अनुगमनको क्रममा कैदीहरूले पंखा, कुलरजस्ता सुविधाको माग राखेका थिए।
कारागार प्रमुख सुवोध महतोका अनुसार ५४ वर्ष पुरानो कारागारको भवन र पर्खाल जीर्ण अवस्थामा छन्, जसले थप जोखिम बढाएको छ। समस्या समाधानका लागि पटक–पटक अनुरोध गरिए पनि सुनुवाइ नभएको उनले बताए। यसअघि कारागारभित्र आपराधिक गतिविधि भएको आशंकामा छानबिन समिति गठन गरिए पनि डेढ महिना अघि बुझाइएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, जसले पारदर्शिता र कारबाही प्रक्रिया प्रती समेत प्रश्न उठाएको छ।
कमेन्ट गर्नुहोस्
view comments