बिहार–दिल्लीबीच दुई नयाँ अमृत भारत एक्सप्रेस संचालनमा, यहाँ हेर्नुहोस् रूट, समय र भाडा विवरण
15 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २ गते । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारको मोतिहारीबाट चारवटा नयाँ अमृत भारत एक्सप्रेस ट्रेनको उद्घाटन गरेका छन्। तीमध्ये दुई ट्रेन बिहारबाट दिल्ली जाने र आउने मार्गमा चल्नेछन्—राजेन्द्रनगर टर्मिनल (पटना)–नई दिल्ली र बापूधाम मोतिहारी–आनन्द विहार (दिल्ली)। राजेन्द्रनगर एक्सप्रेस ट्रेन ३१ जुलाईदेखि हरेक दिन साँझ ७:४५ बजे प्रस्थान गरी १३ घण्टा १० मिनेटमा नयाँ दिल्ली पुग्नेछ। यस ट्रेनले पटना, दानापुर, आरा, बक्सर, पं. दीनदयाल उपाध्याय जंक्शन, प्रयागराज, कानपुर र गाजियाबादमा रोकिनेछ। स्लीपर क्लासको भाडा ५६० रुपैयाँ र सामान्य क्लासको ३२५ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, बापूधाम मोतिहारी–आनन्द विहार अमृत भारत एक्सप्रेस २९ जुलाईदेखि प्रत्येक मंगलबार र शुक्रबार बिहान ८ बजे प्रस्थान गरी अर्को दिन बिहान ६:१० बजे दिल्ली पुग्नेछ। यस ट्रेनले सगौली, बेतिया, नरकटियागञ्ज, गोरखपुर, लखनऊ, बरेली, मुरादाबाद, गाजियाबादलगायत थुप्रै स्थानमा रोकिनेछ। स्लीपर क्लासको भाडा ५५५ रुपैयाँ र जनरल क्लासको ३२५ रुपैयाँ तोकिएको छ। दुवै ट्रेनहरूको सञ्चालनले बिहार–दिल्ली आवागमनलाई सहज बनाउने विश्वास लिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments