वीरगञ्जबाट गलैंचा तेस्रो मुलुक निर्यात सुरु, प्रेस्टिज इन्डिस्ट्रिजको सफलता

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २ गते । पर्सा औद्योगिक कोरिडोरस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले पहिलोपटक गलैंचा तेस्रो मुलुकमा निर्यात गर्न सफल भएको छ। उद्योगले संयुक्त अरब इमिरेट्स, केन्या, र संयुक्त राज्य अमेरिका लगायतका देशमा ३० हजार वर्गमिटर गलैंचा सुक्खाबन्दरगाहमार्फत निर्यात गरेको हो, जसको मूल्य करिब एक करोड रुपैयाँ रहेको युनाइटेड सञ्चालक अमन साहले जानकारी दिए। यसअघि भारतमै सीमित निर्यात गर्दै आएको यो उद्योगका लागि तेस्रो मुलुकमा निर्यात ठूलो फड्को मानिएको छ।

जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा रहेको यो उद्योगले हाल १०० जनालाई रोजगारी दिएको छ भने वार्षिक २० लाख वर्गमिटर गलैंचा उत्पादन गर्ने क्षमता रहेको छ। प्रतिवर्गमिटर ९०० देखि ४००० रुपैयाँ मूल्य पर्ने गलैंचामा रु ४० करोडको लगानी रहेको छ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले कच्चा पदार्थ विदेशबाट ल्याएर यहाँ उत्पादन गरी पुनः निर्यात गर्नु गौरवको विषय भएको टिप्पणी गरेका छन्। 

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?