महदेवा गाउँपालिकाबाट विपन्न गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २ गते । सप्तरीको महदेवा गाउँपालिकाले आर्थिक रूपले कमजोर गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नयाँ आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि लागू भएको यो सेवाले गाउँपालिकाभित्रका विपन्न गर्भवती तथा सुत्केरी महिलाहरूसँगै दुर्घटनामा परेकाहरूलाई पनि राहत पुग्नेछ। अध्यक्ष सुनिलकुमार मण्डलका अनुसार, चिकित्सकसहित दुईवटा बर्थिङ सेन्टरको व्यवस्था गरिएकाले महिलाहरूको सुरक्षित मातृत्वमा थप सहायता पुग्ने विश्वास लिइएको छ।
यसैगरी, सुत्केरी महिलाहरूलाई दुई पटकसम्म प्रतिपटक ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ भने गरिब तथा विपन्न परिवारमा कसैको मृत्यु भएमा किरिया खर्चका लागि १० हजार रुपैयाँ सहयोग प्रदान गरिने योजना पनि सञ्चालनमा आएको छ। अध्यक्ष मण्डलका अनुसार, यी कार्यक्रमहरूले सामाजिक सुरक्षामा योगदान पुर्याउनेछन्।
कमेन्ट गर्नुहोस्
view comments