भारतका विभिन्न राज्यमा वर्षा र बाढीको असर: २० जनाको मृत्यु, अमरनाथ यात्रा स्थगित

16 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण १ गते ।  भारतका विभिन्न राज्यहरूमा भारी वर्षा र त्यससँगै आएको प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको छ। बिहारको नालन्दा जिल्लाका तल्लो भू–भागहरूमा झारखण्डमा परेको वर्षाले फाल्गु नदीको पानी सतह बढेपछि बाढीको स्थिति देखिएको छ। बुधबार मात्रै विभिन्न जिल्लामा चट्याङ लागेर २० जनाको ज्यान गएको छ। यद्यपि यो वर्ष हालसम्म औसतभन्दा ४६ प्रतिशत कम वर्षा भएको जनाइएको छ।

हिमाचल प्रदेशमा जुन २० देखि परेको भीषण वर्षाले हालसम्म १०६ जनाको मृत्यु गराइसकेको छ भने बादल फुट्ने र पहिरोका घटनाले करिब ८१८ करोड रुपैयाँ बराबरको सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ। दिल्ली–एनसीआर क्षेत्रमा पछिल्लो एक हप्तादेखि लगातार वर्षा भइरहेका कारण दिल्ली विमानस्थलमा बुधबार ६ वटा उडान डाइभर्ट गर्नुपरेको थियो। यस्तै, आसामको दिमाहासाओमा पहिरोले २ जनाको ज्यान लिएको छ भने जम्मू कश्मीरमा भारी वर्षाको चेतावनीपछि अमरनाथ यात्रा हालका लागि स्थगित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?