धनुषाको मिथिला नगरपालिकामा दिनदहाडै काठ तस्करी हुँदै, सम्बन्धीत निकाय मौन

10 घन्टा पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, श्रावण १ गते । धनुषाको मिथिला नगरपालिकामा दिनदहाडै काठ तस्करी हुँदै आईरहेको छ । धनुषाको मिथिला नगरपालिका वार्ड नं. ५ मा पर्ने औरही बाबा सामुदायिक वनमा दिनदहाडै तस्करहरुले खुलेआम काठ तस्करी गर्दै आएपनि सम्बन्धीत निकायको सक्रियता मौन देखिएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हाईवे भन्दा उत्तरमा रहेको औरही बाबा सामुदायिक वनमा दिनदहाडै तस्करहरुको एक समुहले ठूल्ठुला रुखहरु ढाल्दै आईरहे पनि सम्बन्धी निकायको त्यसतर्फ ध्यान जान नसके स्थानीय रुपेश महतोले बताए ।“मिथिला नगरपालिका का वन उपभोक्ता समिति र पुष्पवलपुर वन कार्यालय तथा ढल्केवर वन कार्यालको समेत मिलेमतोमा ठूलै रकमको चलखेलगरी खुलेआमका काठ तस्करी हुँदै आईरहेको” महतोले आरोप लगाए ।

अहिले चुरे विनाशले गर्दा मधेश प्रदेशमा पानीको हाहाकार र सुख्खाग्रस्त भईरहँदा पनि भएभरको रुख बिनाशले अब कस्तो रुप लेला आफैं बिचार पुर्याउने अवस्था आएको छ । तर सम्बन्धीत निकायले कुनै ठोस निर्णय लिन नसक्दा तस्करहरुको मनोबल झनै बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?