सर्लाहीको उद्योगमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १ गते ।  सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित न्यु माँ राजदेवी खाद्य उद्योगमा बिहीबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान ट्रकमा त्रिपाल हटाउने क्रममा ११ हजार भोल्टको विद्युत् तारमा छोइएपछि गम्भीर घाइते भएका थिए। हरिवनस्थित नमुना अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। उनी ट्रकका सहचालक थिए।

उक्त ट्रक (ना. ६ ख ७५५०) धानको भुस लिन रौतहटबाट आएको थियो। दुर्घटनामा घाइते भएका कुन्दन पासवान (२५) र जागेश्वर पासवान (४०) को हात र खुट्टामा चोट लागेको छ र उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। ट्रकका चालक पर्सा वीरगञ्ज–३० निवासी ३९ वर्षीय शेख लाल महमदसमेत उपचारमा छन् भने ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?