सर्लाहीमा पिकअप र मोटरसाइकल ठोकिँदा पाँच जना घाइते

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ३० गते । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा सोमबार बिहान पिकअप र मोटरसाइकल आपसमा ठोकिँदा पाँच जना घाइते भएका छन्। दुर्घटना बिहान करिब ११ बजे ईश्वरपुर–१२ र १३ को सिमानास्थित श्रीनगर–बाँके सडक खण्डको रेल्वे ट्रयाक चौक नजिकै भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बाँके चौकदेखि दक्षिणपट्टि रहेको उक्त स्थानमा बा ८ च ६५ नम्बरको पिकअप र प्र.०३-०२८ प २१९१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटनापछि आगलगी समेत भएको हो।

घटनामा मोटरसाइकल चालक ईश्वरपुर–१५ का २३ वर्षीय चन्द्रदेव धामी र पछाडि सवार २२ वर्षीय प्रशेस चौधरी घाइते भएका छन्। दुबै जना नेपाली सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ। यस्तै, मोटरसाइकलमै सवार २१ वर्षीय अमित चौधरी, पिकअप चालक हरिवन–३ डाबरी टोलका ४० वर्षीय रामएकबाल महतो र पिकअप पछाडि सवार हरिवन–२ का ६५ वर्षीय लेखनाथ उपाध्यायसमेत दुर्घटनामा परेर घाइते भएका हुन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?