बंगलादेशमा हिन्दू व्यापारीको हत्या, देशभर विरोध प्रदर्शन तीव्र
19 दिन पहिले प्रकाशित

एजेन्सी,असार ३० गते । बंगलादेशको राजधानी ढाकामा भीडले एक हिन्दू व्यापारीलाई सार्वजनिक रूपमा कुटपिट गरी हत्या गरेको घटनाले देशभर आक्रोश फैलिएको छ। ३९ वर्षीय लाल चन्द सोहागलाई जुलाई ९ मा ढाका स्थित मिटफोर्ड अस्पताल नजिकै इँटा र ढुङ्गाले प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको हो। प्रत्यक्षदर्शीका अनुसार उनलाई लुगासमेत फुकालेर शरीरमाथि उफ्रँदै नाचिएको थियो। प्रारम्भिक रिपोर्टअनुसार घटना जबरजस्ती असुली र व्यापारिक विवादसँग सम्बन्धित देखिए पनि यकिन कारण खुलेको छैन।
यो घटनापछि बंगलादेशभर तीव्र विरोध प्रदर्शन सुरु भएको छ। अधिवक्ता युनुस अली अकंदले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका छन्। घटनामा १९ जनालाई अभियुक्त बनाइएको छ भने अझै १५–२० जना अज्ञात व्यक्तिहरूको खोजी भइरहेको छ। हालसम्म महमुदुल हसन मोहिन, तारेक रहमान रबिन, आलमगीर, मोनिर लगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मृतकको बहिनी मञ्जुआरा बेगमले प्रहरी चौकीमा उजुरी दिएकी छिन्। दोषीलाई कडा कारबाहीको मागसहित विभिन्न विश्वविद्यालय र जिल्लामा प्रदर्शनहरू जारी छन्।
कमेन्ट गर्नुहोस्
view comments