एजेन्सी,असार ३० गते । दक्षिण सिरियाको स्वेइदा सहरमा बेडुइन सुन्नी जनजाति र ड्रुज धार्मिक अल्पसङ्ख्यक समुदायबीच भएको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको सिरियाली आन्तरिक मन्त्रालयले जनाएको छ। तर, एक मानवअधिकार समूहले मृतक सङ्ख्या ३७ पुगेको दाबी गरेको छ। झडपमा सयभन्दा बढी मानिस घाइते भएका छन् भने दर्जनौं घरमा आगजनी भएको र स्थानीयहरू विस्थापित भएका छन्।
झडपमा २७ जना ड्रुज समुदायका र १० जना बेडुइन लडाकु मारिएको बताइएको छ। गत डिसेम्बरमा बशर अल-असदको शासन पतन भएपछि देशभर अल्पसङ्ख्यक समूहबीचको तनाव बढ्दै गएको छ। स्वेइदाका गभर्नर मुस्तफा अल-बकुरले सबै पक्षलाई संयम अपनाउन र राष्ट्रिय एकता तथा सुधारको आह्वानमा साथ दिन आग्रह गरेका छन्। ड्रुज धार्मिक नेताहरूले समेत हिंसा अन्त्य र शान्तिको पक्षमा आवाज उठाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments