तेलुगु अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन

19 दिन पहिले प्रकाशित

एजेन्सी,असार ३० गते । तेलुगु फिल्मका प्रख्यात अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा हैदरावादस्थित जुबली हिल्समा निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहेका उनको निधन भारतीय समाचार संस्था एनडिटिभीले पुष्टि गरेको छ। आन्ध्र प्रदेशको कन्किपाडूमा जन्मिएका रावले सन् १९७८ मा 'प्रणाम खरिधु' फिल्ममार्फत अभिनय यात्रा सुरु गरेका थिए।

सात सय पचासभन्दा बढी फिल्ममा अभिनय गरेका उनले तेलुगु, तामिल, कन्नड र हिन्दी फिल्ममा सशक्त अभिनय गरेका थिए। सन् २०१५ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो। राजनीति क्षेत्रमा पनि सक्रिय रहेका राव १९९९ देखि २००४ सम्म भारतीय जनता पार्टीबाट आन्ध्र प्रदेशको विधानसभा सदस्य समेत रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?