ठगी आरोपपछि डब्ल्यूएचओ क्षेत्रीय प्रमुख साइम वाजेद बिदामा, क्याथरिना बोहमे कार्यकारी प्रमुख नियुक्त

19 दिन पहिले प्रकाशित

एजेन्सी,असार ३० गते । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमुख साइम वाजेदमाथि ठगी, जालसाजी र शक्तिको दुरुपयोगको आरोप लागेपछि उनी बिदामा गएकी छन्। बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले वाजेदमाथि फौजदारी अभियोग लगाउँदै डब्ल्यूएचओलाई उनलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो। त्यसपछि डब्ल्यूएचओले जेनेभा मुख्यालयकी सहायक महानिर्देशक क्याथरिना बोहमेलाई कार्यकारी प्रमुखको रूपमा अन्तरिम रूपमा नियुक्त गरेको छ।

साइम वाजेद बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। उनी सन् २०२३ मा नेपालका शम्भु प्रसाद आचार्यलाई पराजित गर्दै क्षेत्रीय प्रमुख बनेकी थिइन्। गत वर्ष बंगलादेशमा भएको छात्र विद्रोहपछि हसिना पदच्युत भएपछि वाजेद भारत पुगेकी थिइन्। अहिले उनी भारतमै रहेकी छन् र बंगलादेश फर्किएमा पक्राउ पर्ने सम्भावना उच्च रहेको बताइएको छ। वाजेद नयाँ दिल्लीस्थित डब्ल्यूएचओ कार्यालयको नेतृत्व गरिरहेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?