भारतबाट नेपाल आउने पर्यटकलाई सीमा नाकामा सहजीकरण गर्न मन्त्री कुशवाहाको निर्देशन
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार २९ गते । मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री मा. ई. बसन्त कुशवाहाले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरुलाई सीमा नाकामा सहजीकरण गर्न निर्देशन दिएका छन्।
उनले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै सीमा नाकामा पर्यटकहरुमाथि सुरक्षाको नाममा अनावश्यक झन्झट, जाँच र दुर्व्यवहार नहोस् भन्ने सुनिश्चित गर्न आग्रह गरेका छन्।
हालै आएका गुनासोहरुमध्ये पर्यटकलाई सीमा नाकामा अवरोध, अपमानजनक व्यवहार, र अत्यधिक कागजी प्रक्रिया गरिएको भन्दै मन्त्री कुशवाहाले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्। उनले सम्बद्ध कार्यालयहरुलाई तत्काल सहजीकरणका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।मन्त्रीको सचिवालयबाट पठाइएको पत्र बोधार्थका लागि गृह मन्त्रालय सिंहदरवार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, र प्रदेश गृह मन्त्रालयमा समेत पठाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments