राजविराजमा खुकुरी प्रहार, एक युवक घाइते, आक्रमणकारी फरार
जनकपुरधाम, असार २९ गते । सप्तरीको राजविराज नगरपालिका–८ स्थित पुलचौकमा आइतबार एक युवकमाथि खुकुरी प्रहार भएको छ। स्थानीय १८ वर्षीय सुमित कुमार मण्डलमाथि सोही स्थानका २२ वर्षीय मुकेश मण्डलले आपसी वादविवादका क्रममा खुकुरी प्रहार गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सुमितको टाउकोमा गम्भीर चोट लागेको छ र उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार आक्रमणपश्चात मुकेश मण्डल फरार भएका छन्। घटनापछि मुकेशको खोजी कार्य तीव्र पारिएको र उनलाई चाँडै नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments