धनुषाको रमौलमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार २९ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–४, रमौलस्थित सडकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। दुर्घटनामा हंसपुर नगरपालिका–४, मधुकरी निवासी २५ वर्षीय उदय राउतको मृत्यु भएको ललिया प्रहरी चौकीका इञ्चार्ज असई योगेन्द्र चौधरीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार मधेश प्रदेश ०२–००५ प ल ८८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेपछि राउत गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments