बिहारको सीतामढीमा १३ वर्षीया नेपाली बालिका बलात्कृत

4 घन्टा पहिले प्रकाशित

एजेन्सी,असार २७ गते । बिहारको सीतामढी जिल्लास्थित बेरवास गाउँमा डुमरा थाना क्षेत्रअन्तर्गत बस्दै आएकी १३ वर्षीया नेपाली बालिका बलात्कृत भएकी छन्। परिवारसँगै केही समयदेखि सो क्षेत्रमा बसोबास गर्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा यो घटना भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार, स्थानीय केही व्यक्तिहरूले उनलाई फकाएर नजिकैको बगैंचामा लगे र एकान्तमा पुगेपछि छुरा देखाएर धम्क्याउँदै बलात्कार गरे।

पीडित बालिकाले साँझ आफ्नो परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन्। परिवारले आरोपितहरूसँग घटनाबारे सोधपुछ गर्न खोज्दा उल्टै मारपिट भएको पीडित परिवारको आरोप छ। प्रहरीले राति नै पीडित परिवारलाई थानामा लगेर उजुरी दर्ता गराएको थियो। उजुरीका आधारमा प्रहरीले स्थानीय सगीर अन्सारी, ओकार अन्सारी, जमिला खातुन, नौशाद अन्सारी र हिकला अन्सारीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। यी सबै आरोपित हाल फरार छन् र उनीहरूको खोजतलास जारी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?