जनकपुरमा नेपोभिटको आफ्नै ट्रेडिंग कम्प्लेक्स
5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २७ गते । मधेशको राजधानी जनकपुरधाममा नेपोभिट टाइल्सले एक समारोह विच 'नेपोभिट ट्रेडिंग' को विभिवत शुभराम्भ गरेको छ । जनकपुरधाम वडा ४ माछा बजारमा तीन तल्ले घरमा ट्रेडिंगको जानकी मंदिरका उत्तराधिरी महन्थ राम रोशन दासले रिबन काटेर शुभराम्भ गर्नुभएको हो । नेपालकै पहिलो आफ्नै देशमा निर्माण सुरु गरेको नेपोभीट टाइलले विगत लामो समय देखी नेपालका बिभिन्न जिल्लाहरुमा विक्री वितरण गर्दै आएको छ । कार्यक्रममा नेपोभीटका संस्थापक अध्यक्ष शम्भूनाथ झाले यो ट्रेडिंगमा आमदानी भएको आफ्नो भागको पचास प्रतिशत यसै समाजमा लगानी गर्ने बताउनु भयो । यस अघि पनि आफूहरुले खेल, साहित्य , संस्क़ृति लगायतको क्षेत्रमा प्रत्येक वर्ष केहि न केहि लागानी गर्ने गरेको स्मरण गराउदै एनपीएलको पहिलो सीजन होस वा विमर्श , खोइच जस्ता कार्यक्रम होस आफूहरुले समाजको सकारात्मक रूपांतरणको लागि नेपोभिटकोले भूमिका खेल्दै आएको बताउनु भयो । उद्घाटन कार्यक्रममा जानकी मंदिर उत्तराधारी महन्थ राम रोशन दासले नेपोभीटका संस्थापक संभुनाथ झा र उनका परिवारले जनकपुरधाम पहिले देखी नै सामाजिक कार्यहरुमा खुलेर सहयोग गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।
समाजमा यस प्रकार सहयोग गर्ने व्यक्ति र संस्थालाई समाजले पनि आशीर्वाद दिने र सहयोग गर्ने बताउनु भयो । साहित्यकार रमेश रंजनले अब समाजको पनि दायित्व यसलाई सहयोग गर्नु पर्ने भएको ले आबश्यक सामग्रीहरु यहांबाट खरीद गरे त्यसको आमदानी समाजमैं जाने भएकोले हामीले सोचने समय आएको बताउनु भयो । ट्रेडिंगको उद्घाटनमा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोश कापड़ी , मैथिली विकाश कोषका अध्यक्ष जिबनाथ चौधरी, मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष सुनील मल्लिक , साहित्यकार श्यामसुंदर सशी सहितका व्यक्तिहरुले शुभकामना मन्त्वय व्यक्त गर्नुभयो । स्थानीय व्यवसायी सिवनंदन साहका छोरा सुनील कुमार साह नेपोभीट ट्रेडिंगका प्रवंधनका रुपमा जिम्मा पाउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
view comments