तिलाबे खोलामा बेलिब्रिज जडान फेरि अधुरो, सडक विभागको ठेक्का रद्द

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २७ गते ।  पर्साको तिलाबे खोलामा यस वर्ष पनि स्टिल बेलिब्रिज जडान गर्ने सडक विभागको योजना अधुरै भएको छ। गत वर्ष बाढीले क्षति पुर्‍याएको वीरगञ्ज महानगर र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलाबे पुल अझै जोखिममै छ। पुलको पिलर तथा फाउन्डेसनमा क्षति पुगेपछि अहिले त्यहाँबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ, जसका कारण स्थानीयवासी आवतजावतमा समस्यामा परेका छन्।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्टिल बेलिब्रिज उपलब्ध नभएपछि विभागले ठेक्का रद्द गरेको हो। चालु आर्थिक वर्षमै काम सम्पन्न गर्ने लक्ष्यसहित करिब ३ करोड ३० लाख रुपैयाँको ठेक्का बोलपत्रमार्फत आह्वान गरिएको थियो। तर वर्षायाम सुरु भइसकेकाले कार्य रोकिएको र आव सुरु भएपछि पुनः बोलपत्र प्रक्रिया अगाडि बढाइने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?