सप्तरीमा फलामको गेटले किच्दा ४ वर्षीय बालकको मृत्यु

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २७ गते । सप्तरीको सप्तकोशी नगरपालिका–१, खोरियाटोलमा फलामको गेटले किचिएर एक ४ वर्षीय बालकको ज्यान गएको छ। स्थानीय सञ्जिव कट्वालका छोरा समिरजङ कट्वाल साथीहरूसँग घरको आँगनमा खेल्ने क्रममा फलामको गेट अचानक लड्दा गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि विराटनगर टिचिङ अस्पताल लगिएको थियो, तर अस्पतालमा डाक्टरले मृत घोषणा गरेका हुन्।

घटनापछि मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाले स्थानीयमा शोक र त्रास फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?