वीरगन्जको होटलको स्विमिङ पुलमा डुबेर ९ वर्षीय बालकको मृत्यु

21 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २६ गते ।  पर्साको वीरगन्ज–१० आदर्शनगरस्थित होटेल दियालो लर्ड्स प्लाजाको स्विमिङ पुलमा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ।मृत्यु हुने बालक वीरगन्ज–११ निवासी प्रमोद रौनियारका छोरा बजरंगी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी किशोर लम्सालले जानकारी दिए।

घटना बुधबार साँझ करिब ७ बजेको समयमा भएको हो। डुबेर अचेत भएका बालकलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।बालकको परिवारले शव सद्‌गतिका लागि माग गरेका छन् भने घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको डीएसपी लम्सालले बताए। "बालक होटलको स्विमिङ पुलसम्म कसरी र कहिले पुगे भन्ने विषयमा परिवारबाट स्पष्ट जानकारी आउन बाँकी छ," उनले भने।

घटना दुखद रहेको भन्दै स्थानीय समुदायले होटलको सुरक्षामा लापरवाही भएको आशंका व्यक्त गरेका छन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?