नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प, क्षतिको सूचना आएको छैन

1 दिन पहिले प्रकाशित

एजेन्सी, असार २६ गते । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान ५:३६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का दिल्लीसहित नोएडा, गुरुग्राम र वरपरका क्षेत्रमा व्यापक रूपमा महसुस गरिएको हो।

संघीय भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु दिल्ली आसपासकै क्षेत्रमा रहेको र गहिराइ तुलनात्मक रूपमा कम भएकाले झट्का तीव्र महसुस भएको बताइएको छ।

यद्यपि भूकम्पको अवधि छोटो भए पनि स्थानीयवासीहरू एकाएक घरबाहिर निस्कन बाध्य भएका थिए। केही स्थानमा मानिसहरू आत्तिएर खुला स्थानमा भेला भएका थिए।

हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्। भूकम्पपछि स्थानीय प्रशासन सतर्क अवस्थामा रहेको छ र सर्वसाधारणलाई अफवाहमा नपरी सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?