लक्ष्मीनियामा एकल महिला सशक्तिकरण र्याली सम्पन्न, वडा अध्यक्षबाट विशेष सहयोगको प्रतिबद्धता
8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २५ गते । लक्ष्मिनिया गाउँपालिका वडा नं. ४ र ५ मा एकल महिलाहरूको नेतृत्वमा ऐतिहासिक एकदिने सशक्तिकरण ¥याली सम्पन्न भएको छ । “सशक्त नारी, समावेशी समाज“ भन्ने नाराका साथ आयोजित यस अभियानमा सातवटै वडाबाट सहभागी एकल महिला, वडा अध्यक्ष, पत्रकार, सामाजिक अभियन्ता, महिला अगुवा तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे ।
कार्यक्रमको आयोजना एकल महिला टिम लिडरको संयोजनमा तथा दलान नेपालको अगुवाइमा गरिएको हो । आर्थिक सहयोग (लोटस सर्किल) र प्राविधिक सहयोग (द एशिया फाउण्डेसन) बाट एकल महिलाहरुका अधिकारका लागी सहयोग परियोजना अन्र्तगत यो ¥याली सम्पन्न गरिएको हो ।
र्याली वडा ५ बाट सुरु भई अन्ततः वडा नं. ४ मा सामूहिक जमघटमा परिणत भएको होे । उक्त अवसरमा वडा नं. ४ का वडाध्यक्षले एकल महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै, आफ्नै वडाबाट प्रत्येक सहभागी एकल महिलालाई दुईवटा आँपका बिरुवा प्रदान गर्ने घोषणा गर्दै बितरण समेत गरेका हुन् । साथै, उनले आय आर्जनकालागि लक्षित विशेष परियोजना निर्माण गरी छुट्टै बजेट व्यवस्था गर्ने र सामाजिक सुरक्षा भत्ताको सहज पहुँच सुनिश्चित गर्न आवश्यक कदम चाल्ने वाचा पनि गरे ।
कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले स्वागत मन्तव्य राख्दै र्यालीको उद्देश्य प्रस्तुत गरे । उनले भने, “पछिल्लो सात महिनादेखि दलान नेपालले लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरूलाई आफ्नो अधिकार पहिचान गराउन, उनीहरूको आवाजलाई निर्णायक तहसम्म पुर्याउन र सामाजिक–आर्थिक रूपले सशक्त बनाउन विभिन्न गतिविधिहरू गर्दै आएको छ । आजको यो ¥याली त्यसैको एक प्रेरणादायी उदाहरण हो ।” यो कार्यक्रमले लक्ष्मिनिया गाउँपालिकाका ५३२ जना एकल महिलाहरुका लागी लाभदायक हुने विश्वास रहेको समेत बताए ।
एकल महिलाहरूको सक्रिय सहभागिता, समन्वय क्षमता र नेतृत्वले कार्यक्रमलाई निकै प्रभावशाली बनाएको सहभागीहरूको प्रतिक्रिया थियो । कार्यक्रमले स्थानीय तहका नीति–निर्माताहरूमा समेत एकल महिलाको सशक्त सहभागिता र आवश्यकता प्रति गहिरो सन्देश पुर्याएको छ ।
यस एकदिने अभियानले स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायहरूलाई एकल महिलामैत्री योजना निर्माण, कार्यान्वयन र उत्तरदायित्वमा अग्रसर गराउने मार्ग चित्र कोरेको विश्वास गरिएको कार्यकारी निर्देशक ठाकुर ले बताए । सहभागीहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तरता र विस्तारको माग समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments