धनुषामा होटल तथा पर्यटन व्यवसायी संघको नयाँ समिति गठन
6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २४ गते । जनकपुरधाममा मंगलबार सम्पन्न “चलु मधेश, बुझू मधेश” कार्यक्रमको समापन सत्रमै धनुषा जिल्लाका लागि होटल तथा पर्यटन व्यवसायी संघको नयाँ कार्यसमिति गठन गरिएको छ। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा रूपेश सिंहको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो।
नवगठित समितिमा सन्तोष गुप्ता वरिष्ठ उपाध्यक्ष, सीता चौहान महिला उपाध्यक्ष, अनिकेत रुङटा उपाध्यक्ष, गौतम साह महासचिव, सुनिल साह सचिव र अमित ठाकुर कोषाध्यक्षमा चयन भएका छन्। यस्तै, संघका सदस्यहरूमा रवि गुप्ता, विनय साह, बालेश्वर ठाकुर, भरत महासेठ, मुकुन्द अधिकारी, शिवनाथ पण्डित, सुनैना ठाकुर र अमित मिश्रा चयन भएका छन्।
समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह प्रमुख अतिथि रहेका थिए। त्यस्तै नेपाल प्रहरीका डिआईजी, नेपाली सेनाका पृतनापति, सशस्त्र प्रहरीका एसपी, पूर्वमन्त्रीहरू तथा मधेश प्रदेशका आठै जिल्लाबाट आएका होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशका अध्यक्ष एवं गौतम होटल बर्दिबासका संस्थापक हिरालाल गौतमले गरेका थिए। उनले मधेशको पर्यटन विकासमा व्यवसायीहरूको भूमिका अझ सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।
‘चलु मधेश, बुझू मधेश’ अभियान अन्तर्गत आयोजित यस कार्यक्रमले मधेशको पर्यटन सम्भावना पहिचान गर्दै त्यसको प्रवर्द्धनमा सरोकारवाला निकाय र व्यवसायीबीच सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments