जनकपुरधाम, असार २४ गते । जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वर बजार टोलको भैया पोखरीमा आज बिहान नुहाउने क्रममा डुबेर दुई सानी दिदीबहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्।
स्थानीय कैलाश राउतका अनुसार दुवै बालिका बिहान पोखरीमा नुहाउन गएका थिए तर गहिरो पानीमा फसेपछि उनीहरूलाई जोगाउन नसकिएको थियो। उद्धार गरेर तत्काल अस्पताल पुर्याइएको भए पनि चिकित्सकले दुबैलाई मृत घोषणा गरेका हुन्। हाल शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments