कोशी नहरमा अज्ञात पुरुषको शव फेला, अनुसन्धान जारी

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २३ गते ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको पश्चिमी सिँचाइ नहरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। आइतबार साँझ करिब ५५ वर्ष उमेरका उक्त पुरुषको शव नहरको फलामको ढोकामा अड्किएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलीले शव बाहिर निकालेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको प्रहरीले जनाएको छ भने मृतकको पहिचान खुलाउन र घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?