टेक्सासमा विनाशकारी बाढी, ४३ जनाको मृत्यु, सयौँ अझै बेपत्ता

3 दिन पहिले प्रकाशित

एजेन्सी, असार २२ गते । अमेरिकाको टेक्सास राज्यको मध्य क्षेत्रमा आएको भयंकर बाढीमा हालसम्म ४३ जनाको मृत्यु भएको छ जसमा १५ जना बालबालिका पनि छन्। सयौँ उद्धारकर्मीहरू बेपत्ता व्यक्तिहरूको खोजीमा सक्रिय छन् भने केयर काउन्टीका सेरिफ ल्यारी लेइथा भने ‘सबै जना नभेटिएसम्म खोजी कार्य जारी रहने’ प्रतिज्ञा गरेका छन्। नदी किनारमा रहेको एक युवा शिविरबाट २७ बालबालिका अझै बेपत्ता रहेको बताइएको छ।

करिब ८५० जनालाई उद्धार गरिसकिएको छ। टेक्सासका गभर्नर ग्रेग एबोटले आपतकालीन घोषणामा हस्ताक्षर गरी खोजी कार्य तीव्रता दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार र स्थानीय अधिकारीहरूबीच सहकार्य भइरहेको बताउँदै कोस्ट गार्डलाई पनि खोजीमा सहयोगका लागि खटाइएको जानकारी दिएका छन्। मौसमविद्हरूले यस सप्ताहन्तमा थप वर्षाको चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?