इजरायलसँगको द्वन्द्वपछि पहिलोपटक सार्वजनिक भए इरानी सर्वोच्च नेता खामेनी

21 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २२ गते । इजरायलसँगको पछिल्लो सैन्य द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन्। इरानको सरकारी सञ्चारमाध्यममार्फत प्रसारित भिडियोमा खामेनी शनिबार शिया मुस्लिमहरूको महत्वपूर्ण पर्व आशुराको पूर्वसन्ध्यामा मस्जिदमा उपस्थित भक्तजनलाई अभिवादन गरिरहेका देखिन्छन्।

यसअघि खामेनी केवल रेकर्ड गरिएका भिडियो सन्देशमार्फत मात्र देखिएका थिए, जसका कारण उनी बंकरमा लुकेका हुनसक्ने अनुमान गरिएको थियो। इजरायलले जुन १३ मा इरानमाथि आक्रमण गरेपछि सुरु भएको १२ दिने द्वन्द्वमा इरानका शीर्ष कमान्डर र आणविक वैज्ञानिकहरू मारिएका थिए। खामेनीले त्यस अवधिमा तीनवटा भिडियो सन्देश जारी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?