जनकपुरधामा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालय सञ्चालनमा
14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २२ गते । नेपाल पत्रकार महासंघको मधेश प्रदेश कार्यालय जनकपुरधाममा औपचारिक रूपमा सञ्चालनमा आएको छ। महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख संजिव साह र महासंघका महासचिव रामप्रसाद दहालले शनिबार आयोजित कार्यक्रममा संयुक्त रूपमा उद्घाटन गरेपछि भानु चौकस्थित भाडाको घरमा कार्यालय सञ्चालन सुरु गरिएको हो। कार्यालय स्थापनासँगै पत्रकारहरूको हितमा काम गर्न प्रदेश समितिलाई थप सहज हुने विश्वास व्यक्त गरिएको छ।
उद्घाटन समारोहमा वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी रामभरत साहले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने “राम भरत साह–कनक लाता पत्रकारिता पुरस्कार” घोषणा गरेका छन्। पुरस्कार राशी ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। कार्यक्रम नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा महासंघका पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समितिका संयोजक तथा विभिन्न जिल्लाका पत्रकार नेताहरूको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments