भारतबाट सात नेपाली बालकको उद्धार, परिवारको जिम्मा लगाइयो

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २२ गते ।  भारतबाट चेन्नईतर्फ काम गर्न गएका क्रममा बिहारको मुजफ्फरपुर रेलवे स्टेशनमा समातिएका सात जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ। सर्लाहीका तीन र महोत्तरीका चार जना बालकलाई भारतको बाल कल्याण समितिको जिम्मामा राखिएको थियो, जहाँबाट कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो।

बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र जनकपुरले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा ती बालकलाई अभिभावकको जिम्मा लगाएको हो। धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोका अनुसार उद्धार शुक्रबार सम्पन्न गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?