एसपीलाई गाली गरेको अडियो प्रकरणमा जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी
19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २० गते । सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँगको फोन संवादमा अपशब्द प्रयोग गरेको घटनामा जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। यादवले एसपीलाई गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त कदम चालिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। यस प्रकरणले सुरक्षा निकाय र राजनीतिक नेतृत्वबीचको सम्बन्धमा चर्को तनाव उत्पन्न गराएको छ।
कमेन्ट गर्नुहोस्
view comments