जनकपुरधाम, असार १९ गते । पर्सा जिल्लामा चालु आर्थिक वर्ष सकिन डेढ साता मात्र बाँकी रहँदा समेत विकास बजेटको झन्डै ४२ प्रतिशत मात्र खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार, साउनदेखि असार १८ गतेसम्म जिल्लाका विभिन्न विकास निर्माणसँग सम्बन्धित संघीय कार्यालयहरूले जम्मा ४१.७४ प्रतिशत पुँजीगत बजेट मात्र खर्च गरेका हुन्। कुल २ अर्ब ७५ करोड ८३ लाख रुपैयाँमध्ये करिब १ अर्ब ३४ करोड मात्रै खर्च भएको छ। सबैभन्दा बढी बजेट पाएको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जले पनि कुल बजेटको ३० प्रतिशतभन्दा कम अर्थात् ४१ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ।
यस्तै, हुलाकी राजमार्ग योजना कार्यालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र नारायणी सिँचाइ व्यवस्थापन डिभिजनजस्ता निकायले पनि बजेट खर्च गर्न असफल देखिएका छन्। अधिकारीहरूका अनुसार ढिलो रकमान्तर र बजेट हस्तान्तरणका कारण खर्च प्रभावित भएको हो। चालु बजेटतर्फ भने ८८.४३ प्रतिशत खर्च भएको जनाइएको छ, जसमा कर्मचारी तलब र अनुदान प्रमुख रूपमा पर्छन्। असार २५ भित्र बजेट खर्च गर्नुपर्ने कानुनी व्यवस्था भए पनि हालको प्रवृत्तिले हेर्दा विकास बजेटको खर्च ५०–५५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments