सर्लाही लालबन्दीमा निकासी करको विरोधमा किसानद्वारा चक्काजाम, तरकारी विक्रि ठप्प

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १९ गते । सर्लाहीको लालबन्दीमा नगरपालिकाले तरकारीमा लगाएको निकासी करको विरोधमा किसानहरूले बिहीबार बिहानदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै चक्काजाम गरेका छन्। ताजा तरकारी, फलफूल थोक बजार व्यवसायी संघले कर नहटाइएसम्म किसानबाट तरकारी नकिन्ने निर्णय गरेपछि व्यापारीले तरकारी खरिद नगर्दा किसानले बजार अगाडि सडकमा तरकारी राखी विरोध जनाएका हुन्। यस कारण लामो दुरीबाट तरकारी बोकेर आएका किसानहरू अलपत्र परेका छन्।

व्यवसायी संघका अध्यक्ष दरेश चौधरीले नगरपालिकाले निकासी कर फिर्ता नलिएसम्म तरकारी खरिद नगर्ने अडान दोहोर्‍याएका छन्। किसान र व्यापारीबीचको यो विवादले तरकारी कारोबार ठप्प भएको छ भने स्थानीय उपभोक्ता समेत मर्कामा परेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार नगरपालिकासँग समन्वय गरी चक्काजाम खुलाउने प्रयास जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?