सुनचाँदी व्यवसायी संघको जायज मांग सरकारले सम्बोधन गर्नुपर्छ: काङ्ग्रेस नेता निधि
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार १७ गते । नेपाली काङ्ग्रेसका पूर्व उपसभापति प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले सुनचादी व्यवसायीहरूको माग जायज रहेको बताउनुभएको छ। मङ्गलबार गृहनगर जनकपुरधाम पुगेका निधि सुनचादी व्यवसायीहरूको मागलाई तत्काल सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। निधिले 'सुन भनेको विलाशितको विषय न भएकोले गर्दा सम्पतिलाई विलाशिताको रूपमा व्याख्या गर्नु गलत रहेकोले तत्काल यो लागु हुनुहुँदैन ।
निधिले अहिले देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरू को माग सम्बोधन गर्न सरकारले तत्काल एउटा कार्यक्रम गठन गरेर माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले सुनचाँदी व्यवसायीहरूको दुईवटा महत्वपूर्णमा माग भएको बताउनुभएको छ।
धनुषा र महोत्तरीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका नेता निधिले यस्तो बताउनु भयो । यस अघि पनि आफूलाई सुनचाँदी व्यवसायीका केन्द्रिय पदाधिकारीले काठमान्डू मै भेटेको जिकिर गर्दै आफूले पार्टी सभापति शेर बहादुर देउवाजिलाई समेत जानकारी गराई सकेको बताउनु भयो।
कमेन्ट गर्नुहोस्
view comments