तेलङ्गनाको कारखानामा विष्फोट र आगलागी, मृतक संख्या ३४ पुग्यो
20 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १७ गते । भारतको तेलङ्गाना राज्यस्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार बिहान भएको कारखाना विस्फोट र त्यसपछिको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। सिगाची इन्डस्ट्रिजको रियाक्टर युनिटमा बिहान ८:१५ देखि ९:३० बजेको बीचमा विस्फोट हुँदा कारखानाबाट ३१ जनाको शव निकालिएको र उपचारका क्रममा थप ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् भने अझै २४ जना बेपत्ता छन्।
जिल्ला प्रशासनका अनुसार ५७ जना सुरक्षित निकालिएका छन् र बेपत्ताको खोजी कार्य जारी छ। घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, बिहार सरकारले पनि बिहारका मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments