पानीको अभावले धान रोपाइँ प्रभावित, वर्षासँगै किसानको चिन्ता बढ्दै
6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १७ गते । महोत्तरीमा समयमै वर्षा नहुँदा यस वर्ष धान रोपाइँ न्यून भएको छ। जिल्लामा ७१ हजार हेक्टरमध्ये ४५–५० हजार हेक्टरसम्म धानखेती गरिँदै आए पनि अहिले तयार बीउ र सिँचाइको अभावका कारण रोपाइँमा ठूलो ढिलाइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कार्यालय प्रमुख देवानन्द यादवका अनुसार, वर्षा नहुँदा किसानले समयमा ब्याड राख्न सकेनन् भने असार मध्यसम्म आइपुग्दा दुई–तीन प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
जिल्लाको खेतीयोग्य जमिनमध्ये जम्मा १० प्रतिशत क्षेत्रमा मात्र कुलो प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध छ। तर लामो खडेरीका कारण कुलोमा पानीको स्रोत सुक्दा ती जमिनमा समेत रोपाइँ गर्न कठिन भएको हो। भूचक्रपुरका किसान लक्ष्मण महतोले वैकल्पिक सिँचाइ माध्यम, समयमै बीउ तथा मलखादको व्यवस्था भएमा मात्रै खेतीमा किसानको उत्साह बढ्ने धारणा राखेका छन्।
कमेन्ट गर्नुहोस्
view comments