वीरगञ्जमा मोटरसाइकल चोर पक्राउ, अनुसन्धान जारी

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १७ गते । पर्साको वीरगञ्ज महानगरपालिका–३१ का १९ वर्षीय विद्यानन्द महतो चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन्। उनले असार ९ गते राति विजय पटेलको घर अगाडिबाट कालो रंगको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी गरेका थिए।

चोरीपछि प्रहरी चौकी मिलनचोकबाट खटिएको चेकिङ टोलीले उनलाई आइतबार मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार महतोविरुद्ध चोरीसम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?