जनकपुरधाम, असार १७ गते । चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगञ्ज नाकाबाट रु ४ खर्ब ३४ अर्ब २६ करोड मूल्यका सामान नेपाल भित्रिएका छन्, जसले कुल आयातमा ७६.८० प्रतिशत हिस्सा ओगटेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारतपछि सबैभन्दा धेरै सामान अर्जेन्टिना (८.२७%) र चीन (१.२२%) बाट भित्रिएको छ। सो अवधिमा ५० मुलुकबाट कुल रु ५ खर्ब ६५ अर्ब ४२ करोड बराबरका वस्तुहरू वीरगञ्ज नाकाबाट आयात भएका छन्।
यता, सोही अवधिमा वीरगञ्ज नाकाबाट कुल रु ९१ अर्ब ५१ करोडका सामान विदेशी मुलुकमा निर्यात गरिएको छ, जसमध्ये रु ८६ अर्ब ९७ करोड अर्थात् ९५.०५ प्रतिशत हिस्सा भारततर्फ गएको छ। भारतपछि अमेरिका दोस्रो प्रमुख निर्यात गन्तव्य बनेको छ, जहाँ रु २ अर्ब १८ करोड (२.३८%) बराबरका सामान पठाइएको छ। यसबाहेक अफगानिस्तानमा पनि सोही अवधिमा रु ६८ करोडका वस्तु निर्यात भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments