एसईई नतिजामा सप्तरीको प्रदर्शन कमजोर, ६० प्रतिशतभन्दा बढी विद्यार्थी ‘नन ग्रेड’

23 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १६ गते । हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले सप्तरी जिल्लाको शिक्षा क्षेत्र चिन्ताजनक अवस्थामा रहेको देखाएको छ। यस वर्ष सप्तरीबाट एसईईमा सहभागी भएका ८,४४४ विद्यार्थीमध्ये केवल २,८६९ जना मात्र ग्रेडिङमा पास भएका छन् भने ५,२३८ जना ‘नन ग्रेड’मा परेका छन्। कुल परिणामअनुसार पास हुने विद्यार्थीको दर जम्मा ३५.३९ प्रतिशत मात्र रहेको शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए।

शिक्षक, अभिभावक र सरोकारवालालाई जिम्मेवार ठहर गर्दै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शशी यादवले शिक्षाको गुणस्तर अभिवृद्धि र परीक्षाको मूल्याङ्कन प्रणाली सुधार गर्न आवश्यक रहेको बताए। मर्यादित परीक्षा प्रणालीका कारण ग्रेडिङमा कमी देखिएको भए पनि यो अवस्था सन्तोषजनक नभएको स्पष्ट गरिएको छ। नेपाल शिक्षक संघ मधेश प्रदेश अध्यक्ष परशुराम यादवले पनि सप्तरीको नतिजा अस्वाभाविक रूपमा कमजोर देखिएको भन्दै कक्षा ८ देखि नै परीक्षाको विश्लेषण गरी नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?