श्रीमतिको हत्या गरी फरार भएका श्रीमान तीन वर्षपछि पक्राउ

24 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १६ गते । रौतहटको ईशनाथ नगरपालिका–७ का फैयाद मिया मन्सुरीलाई श्रीमतिको हत्या अभियोगमा तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, मन्सुरीले विसं २०७८ माघ २६ गते आफ्नी २० वर्षीया श्रीमति चाँदनी खातुनको सलले घाटी बेरी हत्या गरेका थिए। हत्या गरेपछि खातुनको शव मठिया स्थित एक गहुँ खेतमा फालिएको अवस्थामा फेला परेको थियो।

घटनापछि फरार रहेका मन्सुरीको खोजी जारी रहँदा, लामो अनुसन्धानपश्चात उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक कुमार रायले जानकारी दिए। प्रारम्भिक अनुसन्धानले हत्या घटनामा मन्सुरीको संलग्नता पुष्टि गरेपछि उनलाई पक्राउ गरिएको हो। अब थप अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?