काठमाडौं, असार १५ गते । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा पारदर्शी र योग्यता आधारित प्रक्रिया अपनाई स्थायी उपकुलपति नियुक्त गर्न माग गरेको छ। संघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको परिपत्रमार्फत विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत स्वार्थपूर्ति गर्न ऐन विपरीत विनियम, निर्देशिका तथा कार्यविधि निर्माण गरी जारी गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै, सो विषय संसदीय समितिमा पुग्नुले शैक्षिक मर्यादा खल्बल्याएको बताएका छन्।
नेविसंघले २०८० मा तयार पारिएको “उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि” लाई अवमूल्यन गर्दै दलीय भागबण्डामा आधारित नियुक्तिको षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेको छ। कार्यविधिमा रहेका कमजोरी सच्याएर खुला प्रतिस्पर्धाबाट योग्यता प्रणालीमा आधारित उपकुलपति नियुक्त गर्नुपर्ने माग गर्दै, संघले स्वार्थ प्रेरित र अपारदर्शी अभ्यासको विरोधमा विविध अभियान सञ्चालन गर्न मातहत निकायहरूलाई निर्देशन दिइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments