मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १५ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका ३० वर्षीय रामरतन महतोको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। शनिबार दिउँसो १२ बजे जनकपुरधामबाट महेन्द्रनगरतर्फ जाँदै गरेका महतो सवार मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार महतोको उपचारको क्रममा जनकपुरस्थित जानकी मेडिकल कलेजमा मृत्यु भएको हो।
मधेश प्रदेश ०२–००५ प. ८७९५ नम्बरको रातो रङ्गको अपाची मोटरसाइकलमा सवार महतो जनकपुर–ढल्केबर सडकखण्डमा महेन्द्रनगर नजिकै अनियन्त्रित भई लडेका थिए। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments