जनकपुरधाम, असार १२ गते । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भागेका थुनुवा रमानन्द मण्डल डेढ महिनापछि पक्राउ परेका छन्। चोरी अभियोगमा २०८१ पुस ६ गते पुर्पक्षका लागि थुनामा राखिएका शम्भुनाथ नगरपालिका–११ का ३५ वर्षीय मण्डल गत वैशाख १५ गते राति जेलबाट फरार भएका थिए। खोजी जारी रहेका बेला उनलाई बुधबार आफ्नै घरको आसपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्।
उच्च सुरक्षा निगरानी र अग्लो पर्खालले घेरिएको कारागारबाट मण्डल कसरी भाग्न सफल भए भन्नेबारे अझै यकिन विवरण बाहिर आएको छैन। सो विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। मण्डलमाथि कारागार ऐन, २०७९ बमोजिम थप म्याद लिएर कारागारबाट भागेको आरोपमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments