इरान–इजरायल युद्धविरामको भारतद्वारा स्वागत, शान्तिका लागि संवादको आग्रह

4 महीना पहिले प्रकाशित

काठमाडौं,असार ११ गते । भारतले मंगलबार बिहानदेखि लागू भएको इरान र इजरायलबीचको युद्धविरामलाई स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय स्थायित्वप्रति चिन्ता व्यक्त गर्दै युद्धविरामलाई सम्भव बनाउन संयुक्त राज्य अमेरिका र कतारले खेलेको भूमिकाको सराहना गरेको हो। मन्त्रालयले भन्यो, “हामी यस क्षेत्रमा दिगो सुरक्षा र स्थायित्वको सम्भावनाबारे गम्भीर रूपमा चिन्तित छौँ तर युद्धविरामको समाचार उत्साहजनक छ।”

विदेश मन्त्रालयले संवाद र कूटनीति नै क्षेत्रीय द्वन्द्व समाधानको एकमात्र विकल्प भएको पुनः दोहोर्‍याएको छ। भारतले आफू यस्ता शान्ति प्रयासहरूमा सक्रिय भूमिका खेल्न तयार रहेको स्पष्ट गर्दै सबै सरोकारवालाहरूलाई दीर्घकालीन शान्ति र स्थिरताका लागि प्रतिवद्ध बन्न आग्रह गरेको छ। मंगलबारदेखि लागू भएको युद्धविराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि औपचारिक रूपमा सुरु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?