‘रामायण’का विभीषण मुकेश रावलको रहस्यमय मृत्यु: ९ वर्षअघि रेलको पटरीमा भेटिएको थियो शव, CCTV फुटेजबाट खुलेको सत्य

4 महीना पहिले प्रकाशित

एजेन्सी, असार १० गते । रामानन्द सागरको चर्चित टेलिशृंखला ‘रामायण’ आज पनि करोडौं दर्शकको मनमा अमिट छाप छोडेको छ। यसै शृंखलामा रावणका धर्मभाइ विभीषणको भूमिका निभाएका थिए अभिनेता मुकेश रावल, जसको २०१६ मा भएको मृत्यु निकै दर्दनाक र रहस्यमय थियो। उनको शव मुम्बईको कांदिवली क्षेत्रमा रेलको पटरीमा फेला परेको थियो। पछि सार्वजनिक भएको CCTV फुटेज मार्फत यो घटना आत्महत्या भएको पुष्टि भएको थियो।

मुकेश रावलले आफ्नो अभिनय जीवन रंगमञ्चबाट सुरु गरेका थिए र ‘रामायण’ पछि उनी घर-घरमा चिनिएका थिए। सुरुमा उनी मेघनादको भूमिका पाउन चाहन्थे, तर निर्देशक रामानन्द सागरले विभीषणको भूमिकामा फिट देखेर उनीलाई यही रोलका लागि छनोट गरे। त्यसपछि उनले यो पात्रलाई यति गहिरो तरिकाले निभाए कि आजसम्म पनि दर्शकले उनलाई विभीषणकै रुपमा सम्झिन्छन्।

तर १५ नोभेम्बर २०१६ मा उनी बैंकबाट पैसा झिक्न निस्केका थिए र त्यही दिन हराएका थिए। साँझमा उनको शव रेल ट्र्याकमा भेटियो। CCTV फुटेजमा एक व्यक्ति रेलको सामु हाम फालिरहेको देखिन्छ र त्यो व्यक्ति मुकेश रावल नै भएको दाबी गरियो। यद्यपि, उनका परिवारले आत्महत्या भएको भन्ने कुरा अस्वीकार गरेका थिए। यो घटना आजसम्म पनि भारतीय टेलिभिजन इतिहासको एक दुखद र भावुक क्षणका रूपमा याद गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?