जनकपुरधाम, असार १० गते । रौतहटमा अदालतबाट दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतको फैसला कार्यान्वयन गर्ने अभियान सञ्चालन गरी फरार प्रतिवादीहरूलाई खोजी गरी पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरू लागुऔषध, बैकिङ कसुर, जालसाजी, चोरी, ठगी, सवारी दुर्घटना, कुटपिट र अङ्गभङ्ग जस्ता विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका व्यक्ति हुन्।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीहरू घर–घरमा खोजी तथा विभिन्न ठाउँमा निगरानी गर्दै ती फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएका हुन्। प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार, पक्राउ परेका सबैलाई जिल्ला अदालत रौतहटमा पेश गरिएको छ र प्रहरीको यस्तो अभियान आगामी दिनमा पनि निरन्तर चलाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments