करेन्ट लागेर वृद्धको मृत्यु, धानखेतमा पानी पटाउँदै गर्दा दुर्घटना

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ९ गते । सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डंगराहामा करेन्ट लागेर ६२ वर्षीय रामपृत पण्डितको ज्यान गएको छ। आइतबार साँझदेखि आफ्नै धानखेतमा पानी पटाउने काममा रहेका पण्डितको राति नै करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ।

सोमबार बिहान करिब ८ बजे उनका छोरा खेतमा जाँदा रामपृत मृत अवस्थामा फेला परेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय गोलबजारको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शव उठाउने काम गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिएका छन्।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?