पत्नीको घाँटी थिचेर हत्या, आरोपी पति पक्राउ

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ९ गते । रौतहटको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ आफ्नै श्रीमती लालबीबी खातुनको घाँटी थिचेर हत्या गरेको अभियोगमा पक्राउ परेका छन्। शनिबार राति भएको घटनापछि उनलाई आइतबार पक्राउ गरिएको र अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मियाँ र उनकी श्रीमतीबीच लामो समयदेखि बोलचाल बन्द थियो। मियाँ वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीको व्यवहारबाट असन्तुष्ट भइ रिसको आवेगमा हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?