रौतहटको चन्द्रपुरमा यात्रुबाहक बस दुर्घटना, १० जना घाइते
9 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ९ गते । रौतहटको चन्द्रपुर नगरपालिका–२ मा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख. ५२१६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकको दक्षिण किनारमा झन्डै सात फिट तल पल्टिएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइतेमध्ये तीन जना नेपाली र सात जना भारतीय नागरिक (बिहार राज्यका) रहेका छन्।
दुर्घटनामा परेका यात्रुहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले उद्धार गरी चन्द्रपुरस्थित चपुर प्रालि अस्पतालमा भर्ना गरिएको हो। सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन् भने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चालकको खोजी कार्य तीव्र पारिएको जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments